१४ असार वीरगञ्ज -बीरगञ्ज महानगरपालिका वडा नं १६ मा  लागुऔषध दुर्व्यसनि सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। 

युथ राइज संस्था को आयोजनामा र बिरगंज उद्योग वाणिज्य संघको सहयोगमा लागु औषध न्युनिकरण बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं समाजसेवि अनिल अग्रवालको संयुक्ततत्त्वमा सुसम्पन्न भएको हो ।

संस्था का अध्यक्ष राजेस यादव ले लागू औषध सेवन गर्नु भनेको मृत्युलाई निम्त्या हो ।हाम्रा घर , समाज  ,टोल  ,छरछिमेकी तथा साथीभाइहरु यस्ता कुलतमा लागेका छन् भने उहाँहरूलाई तिरस्कार र भेदभाव नगरौँ ।लागु औषध दूर्व्यसनमा फसेका व्यक्तिहरूलाई  दूर्व्यसनबाट छुटाई समाजमा पुनर्स्थापना गर्न नेपालभर 240 भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू संचालनमा रहेका छन।ती केन्द्रहरूमा विभिन्न वैज्ञानिक विधिको प्रयोग गरेर डिटक्सिफाइ गर्ने गरिन्छ। विशेषज्ञ चिकित्सकको सल्लाहमा उपयुक्त औषधिको प्रयोग पनि गर्ने गरिन्छ।प्रयोगकर्ताका लागि उपचार सम्भव छ र उपचार सम्म पहुँँच पुर्‍याउन सन्देश दिँदै आफ्नो स्वागत मन्तव्य व्यक्त गर्नुभयो। 

सो कार्यक्रममा ५०  जनालाई लागू पदार्थ भनेको के हो ?लागू पदार्थ सेवन गर्नाले हाम्रा स्वास्थ्यमा मात्रै होइन हाम्रो परिवार,हाम्रो समाज र हाम्रा सम्बन्धहरूमा नकारात्मक असरहरू पर्दछन्।यसैगरी लागू पदार्थ सम्बन्धी विभिन्न पक्षहरूमा प्रशिक्षण दिइयो।

नेपालमा लागु औषध नियन्त्रण सम्बन्धी मूख्य मार्गदर्शक दस्तावेजका रुपमा लागु औषध राष्ट्रिय नीति, २०६३ रहेको छ। सो नीति अनुसार लागु ‍औषध नियन्त्रणका प्रमुख पक्षहरू/आयामहरू (Dimensions) देहायबमोजिम छन्

आपूर्ति नियन्त्रण (Supply Control)

माग घटाउने (Demand Reduction)

उपचार तथा पुनर्स्थापना (Treatment and Rehabilitaion)

क्षती न्युनिकरण (Harm Reduction)

अनुसन्धान र विकास (Research and development)

सहकार्य तथा स्रोत साधन उपयोग (Partnership and Resource utilization)

कार्यक्रमलाई सभ्य र भव्य रुपमा संस्थाका सहयोजक संयोजक गरेको कार्यकरम संयोजक राहुल कु साहले गर्नुभयो ।