बीरगञ्ज ( पर्सा )- बीरगञ्जमा ५ लाख मुल्य बराबरको भारतबाट भन्सार छलीका समान बरामद गरिएको छ । 


मिति २०८१।०२।२४ गते बिहिबार का दिन अ. २०:०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा. २ श्रीराम कोलेनि स्थित प्र.सी.सु. गुल्म बिरगंजबाट स.प्र.ना.उ. सुरज रिजालको कमाण्डमा खटिएको १३ जना र बिरगंज भन्सार कार्यालय बिरगंजबाट ना.सु.जिवन कुमार सुनुवारको कमाण्डमा खटिएको ३ जनाको संयुक्त टिलिले बिषेश सुचनाको आधारमा नाकाबाट अवैध रुपमा भारतबाट भन्सार छली छली गरि राखिएको सामान ईर्सादको घरको सटर बाट बरामद गरिएको हो।



अबैध रुपमा गोदाम गरी राखेको अ.मुल्य रु. ५,००,०००।-बराबरको पलम्बम्बिङ्गको सामान तथा Pregnancy Test Kit फेला परेको हुँदा उक्त सामानहरु बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको स.प्र.ना.उ. सुरज रिजालले जानकारी दिएका छन्।