२४ कार्तिक वीरगञ्ज - वीरगञ्जस्थित स्काईलमा रहेको आधुनिक उच्च स्तरिय सिनेमा हल क्युएफएक्सले आफ्नो एक वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको छ । दर्शकहरूको साथ र माया पाएको यस अवसरमा, क्युएफएक्सले प्रत्येक टिकट खरिदमा मिनी चिज पपकोर्न नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यस योजनाले हलमा आउने दर्शकहरूलाई थप उत्साहित गर्ने विश्वास लिएको छ।
क्युएफएक्स सिनेमा हलले नेपाली दर्शकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमा अनुभव प्रदान गर्ने उद्देश्यले सुरु गरेको थियो । वीरगञ्जको स्काइलाइन मलमा एक वर्षअघि स्थापना भएयता, यो हलले स्थानीय दर्शकहरू बीच आफ्नो अलग पहिचान बनाएको छ । तीन स्क्रिन र अत्याधुनिक ध्वनि प्रणालीसहितको यो हलमा दर्शकले उच्च गुणस्तरीय सिनेमा अनुभव गर्न पाएका छन् । साथै, क्युएफएक्सले सधैं नवीनतम नेपाली, बलिउड, र हलिउड चलचित्र प्रदर्शन गर्दै आएको छ, जसले चलचित्र प्रेमीहरूलाई विभिन्न विधाका चलचित्र हेर्नका लागि भरपर्दो गन्तव्यको रूपमा स्थापित गरेको छ ।भिजुवल र अडियो क्वालिटी तथा प्राइम लोकेसनका कारण हलले दर्शकको मन जित्न सफल भएको हो।
स्काई लाइनभित्र रहेको क्युफेक्सहरूले दर्शकहरूलाई कसरी अरू हलभन्दा फरक अनुभव गराउने भन्ने लक्ष्य लिएका छन्।क्युफेक्स हलमा फिल्म हेर्न आउँदा अडियन्सले फुल प्याकेज पाउँछन्।दर्शकहरूलाई बुकिङदेखि इन्ट्रीसम्म सजिलो वातावरण बनाइएको छ ।क्युफेक्स हलमा फिल्म रिलिज हुँदा भने हरेक सो हाउसफुल हुने गर्छ।
क्युएफएक्सले यस एक वर्षे यात्रामा दर्शकहरूको मन जित्न विभिन्न सुविधाहरू उपलब्ध गराएको छ। यहाँ आरामदायी सिटिङ व्यवस्था, उत्कृष्ट ध्वनि र दृश्य प्रणाली, र अनलाइन बुकिङको सुविधा पनि छ। हलले पारिवारिक वातावरणमा चलचित्र हेर्न सकिने गरी सुरक्षाका सबै आवश्यक मापदण्ड अपनाएको छ, जसले सबै उमेर समूहका दर्शकलाई सहज अनुभव प्रदान गर्दछ। प्रत्येक टिकटको खरिदमा नि:शुल्क मिनी चिज पपकोर्न प्रदान गर्ने योजना दर्शकप्रतिको सम्मान र समर्थनको प्रतीक भएको बताइएको छ ।
स्काईलाइन मलमा रहेको क्युफेक्समा दर्शकहरूको उपस्थिति उत्साहजनक हुन्छ। मलमा हल सञ्चालन हुँदा दर्शकहरूको अकुपेन्सी राम्रो भएको छ ।क्युफेक्स हलमै मलको सेटिङ सञ्चालनले गर्दा मनोरञ्जन तथा सपिङलाई सहज बनाएको छ ।मल र हलसँगै हुँदा समान किन्नेदेखि मुभि हेर्नेसम्मको सुविधा एउटै ठाउँमा मिल्छ । जसले गर्दा क्युफेक्सले दर्शकहरूको पहिलो रोजाइमा पुग्न गएको छ।
क्युएफएक्सको व्यवस्थापनले एक वर्षको सफलताको लागि सबै दर्शकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि अझ गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ।