नयाँ दिल्ली । आज अप्रिल २ मङ्गलबार भारतको सर्वोच्च अदालतले रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई भ्रामक विज्ञापनको मुद्दामा जवाफ पेस गर्न अन्तिम मौका दिएको छ। अदालतले एक साताभित्र जवाफ पेस गर्न आदेश दिएका छन्।
आजको सुनुवाइको क्रममा रामदेवका वकिल बलवीर सिंहले अदालतमा योग गुरु माफी माग्न यहाँ उपस्थित भएको बताए । भीडका कारण अदालतमा आउन नसकेको उनको भनाई रहेको थियो ।
पत्र हेरेपछि अदालतले सो प्रतिज्ञापत्र सही नभएको भन्दै हप्काउनु भयो । सिंहले माफी पत्र पढेर सुनाउँदा, अदालतले यस्तो अवस्थामा आदेश उल्लङ्घन गर्ने व्यक्तिले माफी माग्नुपर्ने बताउँदै भन्यो, ‘हामी रामदेवका वकिलको माफी सुन्न चाहँदैनौँ।’
‘हामी रजिस्ट्रारलाई उनीहरू दुवैविरुद्ध झुटो बयानको मुद्दा चलाउन निर्देशन दिन्छौँ ’न्यायमूर्ति अमानतुल्लाहको इजलास र न्यायमूर्ति हिमा कोहली भने ।'
अदालतले बलबीर सिंहलाई भन्यो- तिमी तयार रहनुपर्छ। अर्को सुनुवाइ अप्रिल १० मा हुनेछ। अदालतले सुनुवाइमा रामदेव र बालकृष्णलाई उपस्थित हुन आदेश समेत दिएका छन्।
सर्वोच्च अदालतको हप्काइपछि रामदेव र बालकृष्ण अदालतको कोठामा पुगे र रामदेवले बिना शर्त माफी मागेका थिए । इजलासले भन्यो, ‘सर्वोच्च अदालतले मात्रै होइन, देशका हरेक अदालतको आदेशलाई सम्मान गर्नुपर्छ भन्दै तपाईंले अदालतको निर्देशन पालना गर्नुपर्यो र तपाईंले हरेक सीमा नाघ्नुभयो।’ –दैनिक भास्कर