बीरगञ्ज -जिल्ला पर्सा बिमनपा-१९ बर्वा स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज बाट सप्रनाउ सुरज रिजालको कमाण्डमा खटिएको ५० जना र बिरगज भन्सार कार्यालय बाट नासु रबि भुजेलको कमाण्डमा ३ जनाको संयुक्त टोलिले गुल्म बिरगंजको विशेष सुचनाको आधारमा हिजो मङ्गलबार २०८१।०२।२९ गते राती ११:१० बजेको समयमा काजि चौरसीयाको घर भित्र भन्सार छली गरेको बेवारिसे अवस्थामा गोदाम राखिराखेको lakme complexion cream -१४,१९२ पिस, Lakme moisture riser-१६,१२८ पिस- मूल्य रु २२,६५,६००।- बराबरको १६ पोका ल्याक्मि क्रिम र ऐ.ऐ.मा नै घर र घर धनी कोहि नभएको घरमा अबैध रुपमा गोदाम गरि राखेको मूल्य ६,००,०००।- बराबरको Moong daal -३०००के.जि. (१२० बोरा) दाल गरि जम्मा मूल्य रु. २८,६५,६००।- बराबरको सामानहरु फेला परेको छ ।
उक्त सामान नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मिति २०८१।०२।३० गते बुधबार बिहान ०९:४० बजे बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाईएको छ ।
१) lakme complexion cream -१४५९२-पिस मुल्य रु.१४,५९,२००।-(प्रति ईकाई मूल्य रु १००।-)
२) Lakme moisture riser-१६,१२८ पिस- ८,०६,४००।- (प्रति ईकाई मूल्य रु ५०।-)
३) Moong daal -३००० के.जि. मुल्य रु ६,००,०००।-(प्रति के.जि.मूल्य रु २००।-)