पर्सा जिल्लाको  ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र को २ ठाउँमा मतगणना गर्न लागिएको छ । 

क्षेत्र नं १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्नेगरी तयारी गरिएको छ भने क्षेत्र नं ३ र ४ को मतगणना पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा हुनेछ ।

गणनाको सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुको मतगणना गरिनेछ । तसर्थ हरेक क्षेत्रका लागि ३ वटा कोठा तयार पारेर मत गणना गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज रातीदेखिनै वीरगञ्ज ठाकुरराम र पोखरियाको विद्यालयमा मतगणना हुन सक्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना गर्नका लागि ८ वटा कोठा तयार पारिएको छ । मतगणना स्थलमा तारजाली लगाउनुको साथै सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ ।