१५ साउन वीरगञ्ज -बीरगञ्ज कारागारको तत्कालीन जेलर भई मालपानी असुली मात्र हैन अर्काको श्रीमतीसँग टिकटकमा निकै चर्चा कमाएका छन् उप-सचिव डमरू प्रसाद निरौला।


निकै रङ्गीन मिजाज को हुनुहुन्छ डमरु प्रसाद निरौला सोमरस मात्र नभई उहाँलाई श्रृंगार रसमा डुब्ने बानीकै कारण अझ बढी चर्चामा आई बदनामी भोग्नुपर्दा पनि खासै उहाँको चरित्रकलामा केही प्रभाव परेको छैन ।


आफ्नो चरित्रकला र सुन्दरीहरूको खर्च बटुल्न तर्फ जुटेका डमरू खर्च जुटाउन पर्सा मालपोत कार्यालयलाई दुहुनो गाई बनाएका छन् । प्राय: करोडपतिहरुको जग्गामामा विवाद झिकेर आफ्नो दुनो सोझ्याउन खप्पिस डमरूको ध्यान अहिले स्काइलाइन मल माथि परेको छ ।अहिले बीरगञ्जका व्यापारीहरु बीच झगडा लगाई दलालीका काममा निकै नै व्यस्त भएका छन्।यसपालि त ठूलै योजना बमोजिम स्काई लाइन मललाई हाल चर्चामा ल्याएर थुप्रै रकम बटुल्न तर्फ लागेका हुन्।


प्राय: चर्चामा आउने निखत प्रवीण अंसारीलाई प्रत्यक्ष कोई पनि सरोकारवाला निकायका मान्छेहरु भेट्न सकेका छैनन् । तर यही वर्ष दुई वर्षमा निखत प्रवीण अंसारीको नाउँ दलालहरुले चर्चामा ल्याउने गरेका छन् । स्काइलाइन मल विगत ७ वर्ष देखि बनि रहेको छ तर अहिले आएर आफ्नो जग्गा भएको दावी गर्नेहरु यतीका वर्ष देखि कता हराएको थिए भन्ने प्रश्न मलका संचालकहरुको रहेको छ ।


डमरू होटल वृन्दावनमा प्राय: जाने गरेको र स्काइलाइन मललाई विवादमा तानेर पैसा कसरी झार्न सकिन्छ भने हिसावले वीरगन्ज महानगरको कार्यालयमा समेत गई आफ्नो पदको दुरुपयोग गरी लाभ लिन खोजेको देख्नेहरु बताउँछन्।


डमरु सोमरस र सुन्दरीहरूको खर्च तिर्नकै लागी दलाली पेशामा लागेको देख्नेहरू बताउँछन् ।


सभार -ankushdaily.com