झापा —झापाको दमकमा गोली प्रहारबाट एक छात्रा घाइते भएकी छिन्।१८ वर्षीया एनिका अधिकारी उदयपुर घर भई हाल दमकमा डेरा मा बसेर अधिकारी हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।

शुक्रबार दिउँसो साढे १२ बजेतिर उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै थिइन् । सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एनिका अधिकारी माथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको बताएका छन्। दमकस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको छ। गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएका छन्  ।