१५ असार बीरगञ्ज -भारतको लद्दाखको वास्तविक नियन्त्रण रेखा(एलएसी)सीमा रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ ।

शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासी बढेको थियो । दुर्घटना हुँदा ट्याङ्कीमा पाँच जना सैनिक थिए । जसमा एक जेसीओ र चार सैनिक रहेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार लेहमा डिफेन्स पीआरओले भनेको छ, ‘२८ जुन २०२४ रातमा सैन्य प्रशिक्षण गतिविधिको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकैको श्योक नदीमा सेनाको ट्याङ्की फसेको बताएका छन् ।

अचानक बाढीका कारण ट्याङ्की अड्कियो ।उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेपनि पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोलीले आफ्नो काममा सफल हुन सकेन र ट्याङ्की चालक दलका सबै सदस्यले ज्यान गुमायौं ।’ पीआरओले भनेको छ ।

भारतीय सेनाले पूर्वी लद्दाखमा तैनाथ आफ्ना पाँच बहादुर सैनिकको ज्यान गएको प्रति शोक व्यक्त गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।