१५ असार वीरगञ्ज -अति नै दुःखद खबर ।रौतहटको जिल्ला को गौर चपुर सडकखण्डमा आज बिहानै बस दुर्घटना भएको छ। बस पल्टेर दुर्घटनामा परी एक १८ बर्षिय नेहा_कुमारी_गिरीको घटनास्थलमै मृत्यु भएको छ ।
उनी माधव नारायण नगरपालिका वडा नं ३ सखुअवा स्थित श्री देवी माध्यमिक विधालयबाट SEE २०८० मा ३.२३ GPA ल्याइ उतिर्ण भएकी नेहा कुमारी गिरी उच्च अध्ययनको लागि बिरगंज जानेक्रममा आज बिहानै (सखुअवा देखि जयनगरको बिचमा) बस दुर्घटना हुदा मृत्यु भएको खबरले धेरै मर्माहित बनाएको छ ।
गरुडा नगरपालिका १ जयनगरमा ना ७ ख ८४१४ नम्बरको बस आज बिहानै दुर्घटना भएको छ ।बस पल्टेर भएको दुर्घटनामा एक १८ बर्षिय नेहा_कुमारी_गिरीको मृत्यु भएको छ भने सात_जना_घाइते र एक जना गम्भीर घाइते रहेका प्रहरीले जनाएको छ ।
मृत्यु आत्मा प्रति विनम्र #भावपूर्ण_श्रद्धाञ्जली तथा यस दुखद् घडीमा शोकाकुल परिवार प्रति गहिरो सम्वेदना व्यक्त गर्दछौँ ।