२८ जेठ बीरगञ्ज -  जनता समाजवादी पार्टी (जसपा)  नेपालको महाधिवेशन २८ जेठ अर्थात् आजबाट  जनकपुरधाममा सुरू हुँदैछ।


जनकपुरको तिरहुतिया गाछीमा सोमबार दिउँसो जसपा नेपालको महाधिवेशन उद्घाटन सत्र हुने  पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

गैरसरकारी संस्था मधेशी जनअधिकार फोरमको ब्यानरमा मधेशी नागरिकको अधिकारका लागि मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादव निरन्तर अध्यक्ष रहँदै आएका छन् । २०६५ सालमा मधेश आन्दोलन गरेर राष्ट्रिय राजनीतिमा उदाएका यादवको नेतृत्वलाई खास चुनौती भने दिन सकेका छैनन् ।

२०७७ वैशाखमा संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी नेपाल बनेको थियो। त्यसैलाई आधार मानेर जसपाले एकताको महाधिवेशन भनेको हो।

महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ। जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५ जना निर्वाचित हुनेछन्।त्यस्तै महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चुनिनेछन्।

त्यसयता १६ वर्षपछि एकता महाधिवेशन हुन लागेको हो। अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिने सम्भावना रहेको एक प्रतिनिधिले बताए। बाँकी पदमा प्रतिस्पर्धाको सम्भावना रहेको ती नेताको भनाइ छ। 

जसपा नेपालबाट विभाजन भई बनेको जनता समाजवादीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च अदालत पुगेका थिए। अदालतले यो मुद्दामा संवैधानिक इजलासमा पठाएको छ।