९ फागुन बीरगंज -सीमा सुरक्षा गुल्म, बीरगजंका गुल्मुपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटेको टोलीले बीरगञ्ज महानगरपालिका १६ भन्सारको मुख्य द्वार अगाडि नियमित चेकजाँच गर्ने क्रममा भारतीय नागरिकबाट एयरगन बरामद गरेका छन्।
आज फागुन ९ गते शुक्रबार करिब २:३० बजेको समयमा बीरगञ्ज भन्सारको मुख्य द्वारमा चेकजाँच गर्ने क्रममा भारतको कोलकता , खिरितपुर निवासी हाल नेपालको ललितपुरस्थित एक पसलमा काम गर्दै आइरहेका मिमर हुसेन नाम गरेका व्यक्तिबाट मोडल नम्बर M35 को एयरगन ८२ वोटा प्लेटस सहित उक्त व्यक्ति लाई नियन्त्रणमा लिएका छन्।
नेपाल–भारतबीच रहेको खुला सिमानाको दुरुपयोग गर्दै सीमावर्ती क्षेत्रलाई असुरक्षित मात्र बनाएको छैन, तत्काल कुनै किसिमको नियन्त्रणकारी उपाय अपनाइएन भने आपराधिक प्रवृत्ति थप मौलाउने समेत देखिन्छ ।विभिन्न अनधिकृत व्यक्तिहरूको आवतजावत र कतिपय अवस्थामा आतंककारी क्रियाकलापका निम्ति समेत यो सहज माध्यम बनिरहेको छ । नेपाल–भारतबीचको खुला सिमाना द्विपक्षीय घनिष्ठ सम्बन्धको एउटा सूचक हो, तर यसको सदुपयोगभन्दा बढी दुरुपयोग हुन थाल्नु र जोखिम बढ्दै जानु दुवैतर्फका लागि चिन्ताको विषय हो ।
एयरगन सहित नियन्त्रणमा लिएको व्यक्ति लाई तप अनुसन्धानको लागि नेपाल प्रहरी लाई बुझाइयो जानकारी नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।