१७ पुष वीरगञ्ज -पर्सा जिल्लाको वीरगञ्ज वडा नम्बर ४ बिर्तामा स्थित त्रिजुद्धमहावीर प्रसाद रघुवीर राम उच्च मा. वि.  बीरगञ्ज महानगरपालिका पर्सा तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्सा र ग्रीन सिटी सामुदायिक सेबा केन्द्र आदर्शनगर बिरगंज पर्साको संयुक्त आयोजनामा सरसफाई र हरियालीको महत्व सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिई कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेताङ ज्यूको अध्यक्षतामा सुसम्पन्न भएको हो ।


उक्त कार्यक्रम आज बुधबार  बिहान १०:०० को समयमा बीरगञ्ज महानगरपालिका  बिहान असेंबली स्थलमा(प्रार्थना स्थल)  गरिएको हो।  " बिद्यार्थी भाइ बहिनीहरूलाई सरसफाई तथा हरियाली सम्बन्धि समाजमा परिवर्तन र विकास ल्याउनु छ भने, जरालाई मजबुत पार्नुपर्छ ।अध्यक्ष जयप्रकाश खेताङले जोड दिँदै विशेष गरी, बालबालिका र किशोर-किशोरीहरूलाई आफ्नो भविष्य निर्माणको रूपमा सरसफाई र हरियालीमा योगदान पुर्याउन प्रेरित गर्नुभयो ।


बीरगञ्जलाई अझ हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियाली महत्व समेत बुझाउनुभयो। सरसरती हेर्दा त वातावरणसँग जोडिने वन, जङ्गल, वनस्पतिसहित पारिस्थितिक प्रणाली सबै हो । तर सबैभन्दा निकट तर भित्र लुकेर बसेको अर्काे पक्ष भनेको सरसफाइ हो । प्रकृतिसँग जोडिएका धेरै विषय र प्रणाली वातावरणका साथी हुन् अनि हामी वातावरणका साथी ।प्रकृति र प्राणी साथसाथ बाँच्नुपर्छ। सरसफाइ महत्वपूर्ण पक्ष हो, जसको अनुपस्थितिमा स्वच्छ र स्वस्थ वातावरण बन्न र कायम रहन सक्दैन ।समाजमा सकारात्मक परिवर्तन ल्याउन सानै उमेरदेखि सरसफाई र हरियालीको महत्त्वलाई बुझ्नका लागि सचेतना फैलाउन आवश्यक रहेको सन्देश प्रवाह गरियो ।