५ मंंसिर विरंगज -आज विश्व बालदिवसको अवसरमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिश्व बाल दिवसको अवसरमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको सँयुक्त आयोजनामा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं १०आदर्श नगर बजरग टोलमा स्थित आमाको माया छात्राबस अध्ययनरत बालबालिकाहरुलाई बाल बालिकाहरुको हक , अधिकारहरु को बारेमा जनचेतना मुलक कार्यक्रम गरेका छन् । नेपालमा बालअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाएका छन् ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष नोभेम्बर २० का दिन विश्व बाल दिवस मनाइन्छ ।
बालअधिकारसम्बन्धी महासन्धिका चार आधारभूत सिद्धान्तहरू छन्ः (क) भेदभाव रहित, (ख) सर्वाेत्तम हित, (ग) दीर्घजीवन र विकास, (घ) बालबालिकाका विचार र भावनाको कदर रहेका छन् ।
अतः बालबालिकाका निम्ति गरिने प्रत्येक कार्यहरू यी आधारभूत सिद्धान्त विपरीत हुनु हुँदैन । समाजमा भए गरेका कार्यहरू बालअधिकारको पक्षमा छन् कि छैनन् भन्ने कुरा जाँच्नका निम्ति मापदण्डका रूपमा पनि यी आधारभूत सिद्धान्तलाई लिन सकिन्छ ।
यस कार्यक्रममा बालबालिका भनेको के हो?, नेपालको संविधानले बालबालिकाहरुलाई दिइएको अधिकार के के हुन् बालबालिकाहरुलाई के कस्ता गतिविधिहरु गरेमा बालबालिकाहरुको हक अधिकार हनन हुन्छ? र त्यस्ता क्रिया कलापहरु गरेमा कसलाई जानकारी गराउने तथा बाल्यावस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत एवम् उचितस्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार सम्बन्धी जानकारी गराई विश्व बालदिवस मनाएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रूँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुँगटा ज्युको उपस्थितीमा र यस ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा सुरक्षा निकाय तथा समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु र यस केन्द्रका पदाधिकारीहरु लगायत २५ जानाको उपस्थितीमा आमको माया छात्राबासमा अध्यनरत २५ जना बालबालिकाहरुलाई मिठाइ खुवाई बुधबार साझी ५ बजे सुरु गरि साझी ६ बजे सुसम्पन्न गरिएको हो ।