५ साउन बिरगंज -भन्सार छली ल्याइएको सामान मोबाइल  सहित तीनजना महिला पक्राउ परेका छन्। 

सशस्त्र प्रहरी पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा सशस्त्र प्रहरीले टाङ्गामा लुकाई छिपाई राखिएको करिब २४ लाखको ८२ पिस मोबाइल बरामद गरेको स्रोतले जनाएको छ। 

भारतको दिल्लीबाट तिनजना महिलाले सो परिणामको मोबाइल भन्सार छली अबैध तरिकाले ल्याउदै गरेको अवस्थामा भन्सार मेनगेटको चेकपोस्टबाट महिला सहित पक्राउ गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार बुझाउने प्रक्रियामा रहेको छ।