२ भदौ बीरंगज -सुरेन्द्रराज खड्का हालसम्मको अनुकरणीय कार्यशैली, इमानदारिता र कर्तव्यनिष्ठाको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सशस्त्र प्रहरी निरीक्षक बाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा पदोन्नति गरिएको छ।

प्रहरी सेवामा लामो समयदेखि समर्पित खड्काले सीमा सुरक्षा, शान्ति–सुरक्षा, अपराध नियन्त्रण र समाजसँग नजिक रहँदै कार्यक्षेत्रलाई दिगो र प्रभावकारी बनाउन निरन्तर योगदान गर्दै आउनुभएको छ। उहाँको नेतृत्वशैली, कार्यप्रति निष्ठा र पारदर्शी व्यवहारले प्रहरी संगठनलाई मात्र नभई समाजमा पनि सकारात्मक छाप छोडेको छ।

सुरेन्द्रराज खड्काको पदोन्नति संगठनको गौरवका साथै सहकर्मी र स्थानीय समुदायको प्रेरणादायी उपलब्धि बनेको छ। उहाँले आगामी कार्यकालमा अझै ऊर्जा, लगनशीलता र दक्षतासहित संगठनलाई मजबुत बनाउन योगदान पुर्‍याउने विश्वास लिइएको छ।