अतिनै दुखद खबर:

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा नेपाली कमदारको मृत्यु भएको छ । गाडी दुर्घटनामा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । अन्य दुईजना नेपाली घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको पुष्टि भएको छ । नयाँ सालमा आफ्नो घर कञ्चनपुर महेन्द्रनगर फर्कदै गरेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनुको  थप विवरण आउन बाँकी नै रहेको छ।