दरशी अटोमोबाइल्स प्रा.लि. वीरगंजका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक वितरकले वीरगंजमा एक भव्य उत्पादन लञ्च कार्यक्रमको आयोजना गर्दै नेपालकै पहिलो विद्युतीय अफ-रोडर एसयूभीको आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कार्यक्रमको क्रममा ओमोडा ई5 डीएलएक्सको पनि अनावरण गरियो ।

प्रमुख अतिथि वीरगंजका मेयर श्री राजेशमान सिंह, सखुवा प्रसौनी ग.पा.का मेयर जसवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतान, एसपीजी अटोमोबाइल्स प्रा.लि.का वरिष्ठ प्रबन्धक श्री अशिष दाहाल, डिलर इन्चार्ज सबिन पाण्डे, दरशी अटोमोबाइल्सका अध्यक्ष श्री मोहित कुमार अग्रवाल, प्रबन्ध निर्देशकहरू ऋतिक चौधरी र हिमांशु चौधरीले अनावरण गरेका थिए ।

 कार्यक्रमलाई सहयोगी साझेदारहरू कृष्ण खेतान र केशव खेतानले समर्थन गरे। यस लञ्च कार्यक्रममा ओमोडा र जेकूले स्थानीय बजारमा आफ्नो नवीनतम प्रविधिको विस्तार गर्दै महत्त्वपूर्ण माइलस्टोन हासिल गरेको छ।

दरशी अटोमोबाइल्सका अध्यक्ष श्री मोहित कुमार अग्रवालले भन्नुभयो, "हामीले ओमोडा ई 5 र जेको जे 6 का लागि बजारबाट अत्यन्त उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं । यस उत्पादन लञ्च कार्यक्रममार्फत हामी हाम्रा ग्राहकहरूलाई साटासुद्दी, वित्तीय सेवा, र विद्युतीय सवारी साधनको नवीनतम प्रविधि प्रस्तुत गर्दै सुविधाजनक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँछौं। हामी बिर्गन्जमा आगामी केही महिनाभित्र नवीनतम प्रविधि र नवप्रवर्तनको सेवा दिन एक नयाँ Showoom खोल्ने घोषणा गर्न पाउँदा उत्साहित छौं। हामी हाम्रा ग्राहकहरूलाई चाडपर्वको समयमा भविष्यको गाडी अनुभव गर्नका लागि हाम्रो सोरुममा स्वागत गर्छौं उनले बताए ।

एसपीजी अटोमोबाइल्सका वरिष्ठ प्रबन्धक श्री अशिष दाहालले भने, “हामी नेपालभर हाम्रो नेटवर्क विस्तार गर्न र ग्राहकहरूलाई उन्नत प्रविधि र नविन डिजाइन प्रदान गर्न प्रतिबद्ध छौं, जसमा चार्जिङ स्टेसन र सेवा केन्द्रहरूको विस्तार पनि समावेश छ। दरशी अटोमोबाइल्सले वीरगंजका ग्राहकहरूलाई बिक्री, सेवा र स्पेयर पार्ट्सको एकीकृत सुविधा प्रदान गर्दै आएको छ। वीरगंज सँगै, नेपालभर १५ भन्दा बढी सेवा नेटवर्कहरू छन्, र आगामी केही महिनामा ५० भन्दा बढी क्षेत्रमा चार्जिङ स्टेसन विस्तार गर्ने योजना छ।”

दरशी अटोमोबाइल्स प्रा.लि., वीरगंज, एसपीजी अटोमोबाइल्स प्रा.लि.बाट आधिकारिक वितरक हो, जसले गत १४ वर्षदेखि बिर्गन्जका ग्राहकहरूलाई गतिशीलता समाधान प्रदान गर्दै आएको छ।

यस उत्पादन लञ्च कार्यक्रममा ओमोडाको अत्याधुनिक विद्युतीय सवारी साधन र जेकूको अनौठो अफ-रोड अनुभव प्रस्तुत गर्दै एक अनौठो र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ। ओमोडा ई५ डीएलएक्सको प्रारम्भिक मूल्य रु. ५५.९९ लाख र ओमोडा ई५ एलयूएक्सको मूल्य रु. ६१.९९ लाख रहेको छ। यसमा ४३० किमी रेन्ज, १८० मिमीको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर रहेको छ। जेको जे६को प्रारम्भिक मूल्य रु. ६९.९९ लाख रहेको छ र चाडपर्व छुटमा थप रु. ३ लाख छुट दिइएको छ। यसले ४०० किमीको रेन्ज (WLTP), १३५ किलोवाट मोटर पावर, १८४ पीएस हर्सपावर र २२० एनएम टर्क प्रदान गर्छ। जेको जे६मा लिथियम आइरन फस्फेट ब्याट्री, छवटा एयरब्याग, प्यानोरामिक सनरुफ, १५.६ इन्चको केन्द्रीय कन्ट्रोल प्रणाली, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र अगाडि र पछाडि डुअल मोटरको सुविधा छ।