७ असार बीरगञ्ज -वीरगंजका तेक्वान्दो खेलाडी शेख इरफानले बंगलादेशमा स्वर्ण पदक(gold medal) जितेर देशको इतिहासमा सबैभन्दा सफल खेल र खेलाडीका रूपमा नेपालको तेक्वान्दो खेललाई स्थापित गर्नु भएको छ ।
इरफानले स्वर्ण पदक जितेर देशको मान सम्मान बिदेशसम्म बढाएको मा बधाई एवम प्रोत्साहन दिन आज मधेश प्रदेश सरकारको खेलकूद तथा समाज कल्याण मन्त्री मा.प्रमोद जयसवाल शेख इरफान को घरमा पागेर बधाई दिनुभएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी पदक दिलाउने खेलको रूपमा परिचित तेक्वान्दो खेलका खेलाडीहरू त्यसको उदाहरण हुन् ।
बङ्गलादेशको राजधानी ढाकामा जून ११–१४ सम्म भएको प्रथम बङ्गलादेश कप आमन्त्रण अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगिता–२०२४ मा नेपालका तर्फबाट पर्सा तेक्वान्डो एकेडेमीका शेख इरफानले स्वर्णपदक जितेको पर्सा तेक्वान्डो एकेडेमीका प्रमुख शेख नाजिर जानकारी दिए ।
अन्तर्राष्ट्रिय सहभागिताका क्रममा पनि नेपालको तेक्वान्दोबाट सबैले पदकको आशा गर्ने गर्छन्। आशा राख्नु स्वाभाविक पनि छ।एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अझै पनि ताजै छ।