३१ असार बीरगञ्ज - बीरगञ्ज महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूले प्रदान गर्ने 'छात्रवृत्ति वितरण कार्यविधि २०७५' अनुसार कक्षा ९ र कक्षा ११  विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । त्यसका लागि महानगरले अनलाइन आवेदन माग गरेको हो ।

वीरगञ्ज महानगरपालिकाले छात्रवृत्तिको विधि र प्रक्रिया निर्धारण गरेको छ । आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ । छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फारम भर्ने विधि, त्रुटी भए सच्याउने तरिका, विवरण पेश गर्ने तरिका यसका आधारभूत सूचना हुन् । 

अनलाइन आवेदन फाराम पेश गर्ने विधि 

बीरगञ्ज महानगरपालिकाको वेभसाइट scholarship.birgunjmun.gov.np मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ ।यसबाट श्रवण १३ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ ।