रौतहट जिल्लाको यमुनामाइ गा.पा.वडा नं.३ मलहिनिया बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली द्वारा हात हतियार वरामद गरेको छ ।

एउटा फुसको छानो भएको कच्ची घर भित्र हातहतियार लुकाई छिपाई राखेको छ भनि सुचना प्राप्त हुन साथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले उक्त स्थानमा बाट हात हतियार लगायतका समानहरु वरामद गरेको छ ।

१) Made in USA लेखिएको पेस्तोल थान २

२) Autopistol लेखिएको पेस्तोल थान १

३) लामो नाल भएको Air gun थान १

४) 7.65mm को गोली राउण्ड १३

५) पेस्तोलको खालि म्याग्जिन थान ६

६) मोबाइल थान २

७) घडि थान १ 

८) सिमकार्ड थान ४

९) पेनड्राइभ थान १

१०)शेख एजाज अहमदको नेपाली नागरिकता थान १

 बरामद गरेका हातहतियार लाइ ईलाका प्रहरी कर्यालय गरुडा रौतहटमा राखी थप अनुसन्धान कार्य भई रहेको छ।