३२ जेठ बीरगञ्ज (पर्सा) - हरेक वर्षको जून महिनाको १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ ।


यसै अवसरमा आज मिति २०८१/०२/३२गते विहान ७:३० बजेको समयमा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भारतको महावाणिज्य दूतावास वीरगंज पर्सा, रेडियो वीरगंज (99Mz) पर्सा, वीरगंज साइक्लिङ कलव तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं १२ मुराली रेडियो वीरगंज (99MZ) को प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम गरी मनाइएको छ ।


"विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ "

नेपालमा पनि सरकारी तथा गैरसरकारी संस्थाहरूको नेतृत्व र सहजीकरणमा स्वयंसेवाउन्मुख रक्तदान कार्यक्रमहरू गराउँदै आइरहेका छन् ।


 उक्त कार्यक्रममा प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावासवीरगंज पर्साका प्रमुख अथिती देवी सहाय मिना  तथा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षतामा नागरिक समाज , समाज सेवी, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका पदाधिकारिहरु लगायत सञ्चार कर्मीहरु तथा यस सेवा केन्द्रका पदाधिकारिहरुको उपस्थिति लगायत पुरुष ३७जना र महिला ५ जना गरी जम्मा ४२जनाले रक्त दान गरी उक्त कार्यक्रम १०:३०बजेको समयमा भव्यताका साथ सु सम्पन्न भएको छ ।