वीरगन्ज (पर्सा )- हावाहुरीले बिजुलीको पोल ढाल्दा पर्साको बीरगञ्ज र आसपासको क्षेत्रमा २२ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो समयमा वर्षासहितको चिसो हावाले जनजीवन अलि सहज हुन्छ तर बुधबार राति १ बजे आएको हावाहुरीले २५ भन्दा बढी पोल ढालेको छ।जसले गर्दा बीरगञ्जवासी विद्युतीय समस्या सहित पानीको समस्यामा जुझिरहेका छन् ।
विद्युत नहुँदा विद्युतीय उपकरण लगायत मोटरले पानी तान्न नसक्दा जनजीवन नराम्ररी प्रभावित भएको छ । बीरगञ्ज महानगरको केहि स्थानमा विद्युत सुचारु भएतापनि अझ पनि विभिन्न क्षेत्रमा विद्युत आपुर्ति सेवा अवरुद्ध नै रहेको छ ।
गर्मीले शास्ति र पानीको समस्यालाई कम गर्न धेरै जसो स्थानीयवासीले जेनेरेटर को प्रयोग गर्न बाध्य भएका छन्।
गए राति बुद्धबार आएको आँधीहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेको र बिहिबार बिहानै देखि मर्मतको काम सुरु भए तापनि रातिको १० बजिसक्यो र अहिले पनि विद्युत आपुर्ति सेवा अवरुद्ध छ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले बिहान, प्राधिकरणका प्राविधिक र कर्मचारीहरु बिहानैदेखि खटेर मर्मत सम्भारको काम चलिरहेको छ र अवरुद्ध विद्युतको आपुर्ति काम लगेका छन्। अन्यस्थानमापनि पोल र तारमा क्षति भएको खबर आइरहेको छ। त्यसका कारण विद्युत आपुर्ति सुचारु हुन समय लाग्छ।’हावाहुरीले ढालेका पोल उठाउन द्रुत गतिमा अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेका छन् बिहिबार अपराह्नसम्ममा बिजुली आपूर्ति हुने दुबेले जानकारी दिएका थिए । तर बुधबार राति १ बजे देखि बिहीबार रातिको १० बजिसक्यो अहिलेसम्म बीरगञ्ज महानगरको धेरै ठाउँमा २२ घण्टा भयो विद्युत आपूर्ति सुचारु गर्न । वीरगन्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् ।