नेपाल प्रहरीले मंगलबार राति ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बुधवार(हिजो) विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरेको हो ।

काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंह राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा संतोष खड्कालाई पठाएको छन् । त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ ।