१० माघ बीरगंज -जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस बनाउँदै आइरहेका छौं ।


७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर आज २०८१ माघ १० गते बिहिबारको दिन बिहान ७:४५ बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ वीरगञ्ज भन्सार कार्यालय तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वडा नम्बर १० को संयुक्त आयोजनामा  "वृक्षरोपणले जनमानसमा रुख बिरुवा एवं वनको महत्त्वबारे चेतना अभिवृद्धि गराउनुको साथै मानव सभ्यताको विकासमा प्रत्यक्ष अमूल्य योगदान ”रहेको हुँदा बीरगञ्ज भन्सारको मूलद्वारदेखि शंकराचार्य गेटसम्म विभिन्न जातजातिका  बोटबिरुवा लगाई बृहत वृक्षारोपण कार्यक्रम गरी  मनाइएको छ। 


अन्तर्राष्ट्रिय भन्सार दिवसले विश्वभर एक देशबाट अर्कोमा सिमाना पार गर्दै सेवा तथा सम्मानको प्रवाहलाई निरन्तर कायम राख्न भन्सार अधिकारी र एजेन्सीहरूको भूमिकालाई समेत मान्यता दिने गर्छ। जब दुई वा बढी देशबीच सीमा विभाजन हुन्छ भने त्यसबखत भन्सार जोडिन आउँछ। बजारले हाम्रो राज्यको आर्थिक सामाजिक लगायत वातावरणीय आवश्यकताहरू पूरा गर्न पनि मद्दत गर्दछ। त्यसैले भन्न सकिन्छ कि भन्सारले दिगो भविष्यको लागि पनि योगदान पुर्‍याउँछ ।

बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेको आतिथ्यमा सुरु गरिएको यस कार्यमा विरगंज भन्सार कार्यालयको भन्सार अधिकृत रामप्रसादपाठक ,बीरगञ्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना ,बीरगञ्ज भन्सार कार्यालय संसार अधिकृत सुनिता पौडेल ,बीरगञ्ज भन्सार कार्यालयका लेखा अधिकृत हृदय नारायण शाह, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म वीरगञ्ज पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा ,सशस्त्र प्रहरी नायब उपरीक्षक नागेन्द्र यादव,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा ,नियमित खबरको सञ्चारकर्मी सुस्मिता यादव ,ग्रीन सिटीका सदस्य सुशील कादमीय,बीरगञ्ज महानगरपालिका सरसफाई प्रमुख सर्फुदिन मिया,ग्रीन सिटीका सदस्य राकेश अग्रवाल ,ग्रीन सिटी सदस्य चन्द्र अग्रवाल , ग्रीन सिटी सदस्य त्रिलोकी चन्द दारु ,ग्रीन सिटी सदस्य बसन्तप्रसाद उपाध्याय ,प्रहरी वरिष्ठ हवलदार प्रेमराम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र ,अजित घिमिरे प्रहरी सहायक हवलदार ,प्रहरी जवान असली यादव लगायत सरकारी र गैरसरकारी सङ्घ संस्थाका पदाधिकारी ,समाजसेवीहरूको उपस्थितिमा उक्त कार्यक्रम सुसम्पन्न भएको हो।