पर्सा, वैशाख ३० – सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पाँच लाखभन्दा बढी मूल्यको अवैध कपडा बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याइ पोखरिया तर्फ लैजाँदै गरेको अवस्थामा उक्त सामानलाई नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीको टोलीले जिल्ला पर्सा बिन्दावासिनी गाउँपालिका–१, गर्दौल नजिकैबाट ना १८ प ८२७२ नम्बरको मोटरसाइकल सहित भन्सार मूल्य रु. ५,०१,४०० बराबरको विभिन्न प्रकारका कपडा नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि सशस्त्र प्रहरीले आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी सदैव तत्पर रहेको जानकारी दिएका छन् ।