"समुदाय प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२, पर्साको आयोजनामा बीरगंज सामुदायिक आँखा अस्पताल र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला पर्सा पकहाँ मैनपुर गा.पा.वडा नं. १ धोरे स्थित रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विधालयको प्राङ्गनमा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न गरियो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा, पकाहा मैनपुर गाउपालिका प्रमुख सुरेश प्रसाद मेहताको प्रमुख अतित्थ्यता रहेको कार्यक्रममा ४५० जनाको आँखाको चेकजाँच गर्दा महिला ६२ जना र पुरुष ६८ जना गरी जम्मा १३० जनामा मोतिया बिन्दु देखिएकोले ति विरामी हरुलाइ निःशुल्क अप्रेशन गर्ने घोषणा गरियो त्यसतै १३० जनालाई दन्त रोगको चेकजाच गरीयो । आँखा र दन्तको गरि जम्मा ५८० जनालाई चेकजाँच गरिएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथीमा पोखरीया नगरपालिकाको पुर्व उपमेयर सल्मा खातुन अतिथीमा वडा समितिको कार्यालय बडा नं.१ धोरेका वडा अध्यक्ष बिनोद मेहता, बडा नं. ४ का बडा अध्यक्ष ढेडी यादव, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.उ. श्री निर्मल बुढाथोकीको आतित्थ्यता लगायत विभिन्न समुदाय वासि तथा समाजसेवी को उपस्तिथीरहेको थियो ।