वीरगन्ज महानगरपालिकाको वडा नं. २ रेलवे रोडमा तीन तल्ले अवनको भुइतल्लामा रहेको सुगम ट्रान्स्पोर्टको गोडाउनमा आगलागी भएको छ ।
गोडाउनमा रहेको विभिन्न किसिमका केमिकलयुक्त सामान आगोले पड्कि रहेको थियो । समयमै ३ वटा वारुण यन्त्र आएपनी केमिकल पडकिदा आगो निभाउन धेरै कठिनाइ भएको स्थानियले जानकारी दिएका छन् । यसरी बसोबास गर्ने एरियामा केमिकल जस्ता पदार्थ भण्डारण गरेर राख्नु धेरै खतरनाक रहेको समेत स्थानियको भनाई रहेको छ । उक्त आगलागी भएको स्थान नजिकै अरु पनी केमिकल राख्ने गोडाउन भएको कारणले स्थानिय त्रसित भएका थिए ।
आगो लागेको कारण वारे अनुसंधान भइरहेको छ ।