पर्सा । भारतबाट वीरगञ्जतर्फ आउदै गरेका सवारीसाधनहरूमा प्रतिबन्धित लागु औषध ओसार पसार कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८०।१२।२४ गते अं.१९:३० बजेको समयमा जि.पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बोखारचोक स्थित सडकखण्डबाट मधेश प्र.०३-००१ च ७०९८ नम्बरको पिकअपलाई रोकी कानूनी रीतपुर्याई जाँच गर्दा उक्त पिकअपमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले वेरिएको प्रतिबन्धित लागु औषध नुरफिन-१२०० पिस, फेनारगन-१२०० पिस, डाइजेपाम-१२०० पिस, Onrex-100ml ५० बोत्तल, Tapentadol 100mg ट्याब्लेट ३९ पत्तामा ३९० पिस ट्याब्लेट फेला परेको छ ।
पक्राउ पर्नेमा:-
१) अभियुक्त:-विष्णु पटेल
उमेर:- २१ वर्ष
ठेगाना:-जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२०
पक्राउ मितिः- २०८०।१२।२४ गते ।
मुद्दा शिर्षकः- लागु औषध सम्बन्धी कसूर
२) अभियुक्त:-राजन यादव
उमेर:- २० वर्ष
ठेगाना:-जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२०
पक्राउ मितिः- २०८०।१२।२४ गते ।
मुद्दा शिर्षकः- लागु औषध सम्बन्धी कसूर
बरामद लागु औषधः-नुरफिन-१२०० पिस, फेनारगन-१२०० पिस र डाइजेपाम-१२०० गरी जम्मा ३६०० पिस