सोल । विशेषगरी स्मार्ट टेकको होम एपलायन्स, दक्षिण कोरियाली सामसङ कम्पनीले बिहीबार एआई फ्रिज लन्च गरेको छ ।
फ्रिज इनबिल्ट वाईफाईको साथमा आएको छ ।कम्पनीले एआईयुक्त बीस्पोक फ्रिज ल्याएको हो र यसको साथमा इन्टरनल क्यामरा र एआई चिपसेटको पनि प्रयोग गरिएको छ । फ्रिज भित्रको क्यामराले फ्रिजमा भएका ३३ वटा आइटमलाई चिन्न सक्ने बताइएको छ ।
फ्रिजमा स्मार्ट टिभी प्यानल जडान गरिएको छ साथै फ्रिज प्रडक्ट इजी कन्ट्रोलको साथमा आएको हुन्नाले यसलाई स्मार्ट थिङ्ग्स एपमार्फत कन्ट्रोल गर्न सकिनेछ ।यसमा युजरले इन्ष्टाग्राम समेत चलाउन सक्ने र फ्रिजले युजर्स बिहेभियरबाट सिक्नेछ र सोही अनुसार फ्रिजलाई कन्ट्रोल गर्नेछ । कम्पनीले फ्रिजको मूल्य खुलाएको छैन ।
टिभी प्यानल बाट युजरले खाना बनाउने रेसिपी पनि हेर्न मिल्ने साथै यसले फ्रिजमा भएको सामानबाट बन्ने रेसिपी बताइदिनेछ । यो स्क्रिनमा युजरले फ्रिजभित्र भएका सबै सामान हेर्न र त्यसको एक्सपायरी म्याद पनि चेक गर्न सकिन्छ। फ्रिजमा भएको स्मार्ट टिभी प्यानलको सहायताले स्मार्ट वाशिङ मशिन, माइक्रोवेब र एसी आदिलाई पनि कन्ट्रोल गर्न सकिन्छ ।