भारतबाट नेपाल तर्फ पैदल आउदै गरेकी मालति देवि सोनारलाई सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको ६ लाख नगदसहित पक्राउ गरेको छ।

सोमबार दिउँसो ३ बजेको समयमा बिरगंज शन्कराचार्य गेटबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी सहायक निरीक्षक गजेन्द्र प्रसाद राउतको कमाण्डमा खटिएका टोलिले चेकजाँच गर्ने क्रममा बिरगंज महानगरपालिका-१६ नगवा बस्ने बर्ष ३६/३७ की मालति देवि सोनार  स्रोत नखुलेको  खानतलासी गर्दा निजले लुकाई छिपाई राखिएको अवस्थामा रु.१००० दरको नोट ६०० थान ‍जम्मा ६ लाख नेपाली रुपैयाँ बरामदगरी  सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन्।

सोनारलाई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालले जानकारी दिएका छन्