कलैया उपमहानगरपालिका र लुमन्ति आवासको लागी सहयोग समूह द्वारा प्रवर्द्धित दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लि .को १२ औं वार्षिक साधारण सभा हर्सो उल्लासका साथ भव्य रुपमा सम्पन्न भएको छ ।
साघारण सभाको उपल्क्षयमा सहकारीले शान्तिपूर्ण र्याली बरेवा देखी भरत चौक, गुप्ता पेट्रोल पम्प हुँदै जानकी सिनेमाहलमा औपचारिक कार्यक्रम सम्पन्न गरेको हो ।
दिपशिखा सहकारी कि अध्यक्ष रामरती देवी दुसादिनको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहको प्रमुख आतिथ्यता रहेको थियो भने उप प्रमुख रोषण प्रविणको विशिष्ठ आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कलैया उपमहानगरपालिका अन्तर्गतका गरीब तथा पिछडिएर रहेका समुदायका महिलाहरुको एकमात्र सहकारीको रुपमा स्थापित भै महिलाहरुको आर्थिक शसक्तिकरणको लागि क्रियाशील रही आएको छ ।