२२ साउन बीरगञ्ज -बिरगंज महानगरपालिका वडा नं १४ सिद्धार्थ माध्यमिक विद्यालय चिनि मिल प्राङ्गणमा रहेका आसा किरण केन्द्र अगाडि बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वृक्षरोपण (बोटबिरुवा लगाउने कार्य) शब्द सुन्दा शाब्दिक रूपमा केही नौलोजस्तो लागे पनि व्यावहारिक रूपमा यो कार्य पुरानो हो ।
२०८१/०४/२२ गते मंगलबार बिहान ०८:०० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं १४ सिद्धार्थ माध्यमिक विद्यालय चिनि मिल पर्साको प्राङ्गणमा रहेका आसा किरण केन्द्र अगाडि ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, भारतका महावाणिज्य दूत बिरगंज पर्सा, बिरगंज महानगरपालिकाको कार्यालय बिरगंज पर्सा र आसा किरण केन्द्र बिरगंज पर्साको सँयुक्त आयोजनामा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ ।