पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २ का सोहैल अख्तरले +2 को परिक्षामा ३.८६ जिपिए अंक ल्याइ पर्सा जिल्ला टप गरेका छन् ।
शिक्षामा पछाडी परेका मधेशका मुस्लिम समूदायका वालबालिकाहरुको शैक्षिक स्तर कमजोर देखिन्छ । त्यही एउटा मुस्लिम समुदायको विद्यार्थीले जिल्ला टप गर्नु धेरै सराहनिय रहेको छ । हिजो शुक्रवारका दिन +2 को नतिजा सार्वजनिक भए संगै विभिन्न सामाजिक संजाल मार्फत सोहैललाइ बधाइको ओइरो लागेको छ ।
अल्पाइन हाइ स्कूल +२ मा अध्यनरत रहेका सोहैलले नियमित कक्षा लिएका तथा पठनपाठनमा धेरै राम्रो अनुशासित विद्यार्थी रहेको अल्पाइन हाइ स्कुलका शिक्षकहरुले बताएका छन् । शिशु कक्षा देखी १० कक्षा सम्म छप्कैयामा रहेको विद्यासागर सेकेन्ड्रि स्कुलमा अध्ययन गरी उच्च शिक्षाका लागि अल्पाइन हाइ स्कूलमा गएका थिए ।
आफ्नो छोरा जिल्ला टप गरेकोले परिवारजन पनि धेरै खुशि छन् । सोहैल अहिले २ महिना देखी काठमाण्डौमा MBBS को परिक्षाको लागी तैयारि गरिरहेका छन् ।
गत वैशाख १४ गते देखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।