ग्रीन सिटी बन्यो युवाहरुका लागि प्रेरणाको स्रोत, 5000 बिरुवा रोपेर इनरुवाको युवाले गरे व्यवसायिक कृषिको शुरुआत ।


नेपालमा आर्थिक मन्दीले युवाहरु लाई बेरोजगार र निरुत्साहित बनाएका छन् । युवा हरुले बाध्य भएर अन्तिम विकल्पको रुपमा विदेश गएर रोजी रोजगारमा लाग्ने गरेको र त्यहाँ दुःख पाउने समाचार पनि हामी सुन्दै र हेर्दै आइरहेका छौं । 


युवा हरुले यस प्रकार बाध्य भएर विदेशिनु नपरोस् अभिप्राय का साथ ग्रीन सिटीका अध्यक्ष जय प्रकाश खेतानले युवा हरु लाई उत्साहित र प्रेरित गर्दै आउनु भएको छ र उहा आफू चाहिँ आफ्नो काम ले युवा हरु बिच रोल मोडल बन्नु भएको छ । जय प्रकाश खेतानले दिनु भएको प्रोत्साहन पछि इनरुवा गाउँका ओसीयर राउत कुर्मीको छोरा रमेश पटेल ले आज एक कार्यक्रमका बिच फल र फूलको व्यवसायिक खेती अन्तरगत दोस्रो चरणमा व्यावसायिक रूपमा बिरुवारोपन गर्नुभएको छ। 



कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मानसिंह, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, भारतीय वाणिज्य दूतावासका कन्सुलेट जनरल डि.एस. मीणा, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज रिजाल , श्री जङ्ग गण बीरगञ्ज पर्साका जमदार भीमसेन राणा, इनरुवा गाउँका ओसीयर राउत कुर्मी, रमेश पटेल , शिव शंकर यादव ,शिव शंकर गौर,जवाहिर लोहार, नंद पटेल, अली असगर मियां, किशोरी पटेल,विक्रम पटेल,संचारकर्मी जगत राई ,सञ्चारकर्मी सन्तोष रंजितकार ,सञ्चारकर्मीका अजित भुजेल, सञ्चारकर्मी मुकेश खेतान , राधा शर्मा, रेखा श्रेष्ठ, मुरली सामुदायिक प्रहरी र सेवा केन्द्रका दिलीप प्रधान, ग्रीन सिटी अध्यक्ष प्रकाश खेतान, उपाध्यक्ष सञ्जय शर्मा, सदस्य चन्द्र अग्रवाल, कैलाश बजाज, रतन टेमानी, त्रिलोक चन्द दारुका,गणेश बगड़िया र स्थानिय हरूको उपस्थितिमा 5000 विरुवाको रोपनी भएको जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले दिनु भयो ।