भैरहवा — बिहीबार दिउँसो रुपन्देही प्रहरीले भन्सार छलेर भित्र्याइएकाे ३ सय ५ बाेरा केराउ बरामद गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौरका अनुसार कपिलवस्तुकाे सुठाैंली भन्सारबाट ४५ बाेरा मकैकाे भन्सार गरेर त्यसमै ठूलाे परिमाणमा केराउ भित्र्याइएकाे अनुसन्धानबाट खुलेकाे छ ।
विशेष सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टाेलीले सिद्वार्थनगर नगरपालिका- ४, सुगरमिलबाट उक्त केराउ बरामद गरेकाे जनाएका छन् ।मकै बाेकेकाे भनिएकाे यूपी१५ सीटी८१९८ नम्बरकाे ट्रक जाँच गर्दा १५ लाख २५ हजार मूल्यकाे ३ सय ५ बाेरा केराउ बरामद भएकाे छ । ट्रकमा रहेकाे ८६ हजार ६ सय २५ रुपैयाँ मूल्य बराबरको ४५ बाेरा मकैकाे मात्र भन्सार गरिएको पाईएकाे छ ।
बरामद गरिएको मकै, केराउ र १८ लाख मूल्य बराबरकाे ट्रक समेत गरि ३४ लाख ११ हजार ६ सय २५ रुपैयाँका सामाग्री प्रहरीले भन्सारमा बुझाएका छन् ।