पर्सा, बीरगंज, २०८१ मंसिर १५
जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नं. १६ स्थित बिरगञ्ज भन्सार कार्यालयको गेट अगाडि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सुनिल पाण्डेको कमाण्डमा खटिएको टोलीले बहुदरमाई गाउँपालिका, वडा नं. ३, नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री रामलाई भारतबाट पैदलै टाउकोमा हरियो खुर्सानीको बोरा बोकेर आउने क्रममा शंका लागि जाँच गरेको थियो ।
जाँचका क्रममा मिश्री रामले तेश्रो लिङ्गीको भेस धारण गरेको पाइएपछि थप तलासी गर्दा निम्न परिमाणमा प्रतिबन्धित लागुऔषध फेला परेको छ ।
१. Diazepam (2 ML) :- ४९० एम्पुल
२. Buprenorphine (2 ML) :- ४९९ एम्पुल
३. Noophine (2 ML) :- २९७ एम्पुल
४. Promethazine Hydrochloride Injection I.P (25 MG):- ४९७ एम्पुल
सशस्त्र प्रहरीले उक्त प्रतिबन्धित लागुऔषध सहित मिश्री रामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जानकारी दिएको छ ।