३६ लाख नगद, २३३ ग्राम २८० मिलिग्राम तौल भएको अन्दाजी १९ लाख ५८ हजार मूल्य बराबरको सुनको सिक्री र ब्रास्लेट सहित सर्लाहीबाट दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बरहथवाबाट इन्स्पेक्टरको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार बेलुका ६ः३० बजे डोटीको शिखर नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट का ३१ वर्षीय विशाल खत्रीलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकलमा सवार उनीहरू बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजबाट पक्राउ परेका हुन्।
प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकलका चालक कठायत र सोही मोटरसाइकलमा पछाडि सवार खत्रीलाई नाँयारोडबाट हिरापुरतर्फ जाँदै गरेको उक्त सुनका सामग्री र नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।