फेरी बच्चा चोरी गर्ने विगविगी संगै वीरगंज महानगर पालिकाको वडा नं १ बजार छप्कैया बाट ३ जना भारतिय महिला बच्चा चोरेर लैजाने क्रममा रंगेहात पक्राउ परेका छन् ।
बजार छपकैया निवासि विट्टु कुमारको छोरा अं. ९ महिना को अभि कुमारलाई पकडि ढाला सिकारपुर पस्चिम चम्पारण विहारका ३ जना महिला लाई आज विहान समुदाय वासिले पक्राउ गरि सिमा प्रहरी चौकी बजार छपकैयामा वुझाएका थिए ।
पक्राउ परेका महिलाहरूको झोला बाट विभिन्न किसिमको औषधी जन्य बस्तुहरु ठुलो परिमाणमा फेला परेको छ । उनीहरुलाई थप अनुसंधान का लागी वीर्ता वडा प्रहरी कार्यालय मा बुझाइएको छ ।
थप विवरण आउन बाकी ।