समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ को आयोजनामा वीरगन्ज महानगरपालिका वडा -२ मा नि:शुल्क स्वास्थ शिविर को आयोजना गरेको छ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराइ को अध्यक्षता भएको कार्यक्रम वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । उक्त कार्यक्रम मा बोल्दै कतिपय महिलाहरुले स्वास्थ चेकजाचका लागि चिकित्सालय जान मानदैन्न येस्ता निशुल्क स्वास्थ शिविर को आयोजना ले महिलाहरु लाई ठूलो लाभ हुने छ र महिला हारु आफ्नै वडा मा शिविर को आयोजना ले खुशी भै चेकजाच गराउन आउछन येस्ता कार्यक्रम हुनु पर्छ र मेरो तर्फबाट जे सहयोग हुन्छ म गर्न त्यार छु उप प्रमुखले बताएका थिए ।

त्यसै गरि कार्यक्रममा विशिष्ट अतिथि वडा- २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली ,जिल्ला प्रहरी कार्यालयका नायब उपपरिक्षक दिपक गिरी, निर्मल बुढाथोकी त्यसै गरि अतिथिहरुमा वडा प्रहरी कार्यालय विर्ताक प्रहरी निरीक्षक विशाल मल्ल,सशस्त्र प्रहरीका प्रहरी निरीक्षक तिर्थ न्यौपाने ,वीरगन्ज महानगरपालिका का उप प्रमुखको प्रेस सल्लाहकार र सामुदायिक सेवा केन्द्र छपकैया-२ का आजिवन सदस्य महमद सदाब छपकैया-२ का वडा सदस्य बसिर मिया हजाम लगायत अतिथिहरु को सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अब्दुल कैशले गरेका थिए ।