बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित अख्तियारको टोलि द्वारा रङ्गेहात पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साहलाई नगद ७८ हजार रुपैयाँ घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाले नियन्त्रणमा लिएको हो ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर –४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै रहेको साहको क्वाटरबाट सेवाग्राही संग ७८ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलिले नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले बताएका छन् ।
एक जना व्यक्तिसंग साहले बिल भुक्तानी गरेबापत उक्त घुस रकम लिएको अख्तियारको टोलीले जनाएको छ । साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी गौतमले जानकारी गराएका हुन् ।