पर्सा जिल्लाको क्षेत्र नं १ र क्षेत्र नं २ को मत गणना शुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै वीरगंज महानगरपालिकाको ठाकुरराम बहुमुखी क्याम्पसमा दुवै क्षेत्रको मतगणना शुरु गरिएको हो । 

पर्सा क्षेत्र नम्बर १ को वीरगञ्ज महानगरपालिका वडा नं. १६ को मत पेटिका खोलिएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत पर्साको पर्सागढी नगरपालिका वडा नं. १ को मतपेटिका खोलिएको हो । 

प्रमुख निर्वाचन अधिकृत बिनोद प्रसाद पोखरेलले गराएको जानकारी अनुसार क्षेत्र नम्बर १(क) को चोर्नि र १(ख) मा नगवाको मतपेटिका खोलिएको छ भने क्षेत्र नम्बर २ तर्फ २ (क) मा पर्सागढी नगरपालिका वडा नम्बर १ क्षेत्र नम्बर २ को र ख को बहुदरमाई नगरपालिका वडा नम्बर २ को मतपेटिका खोलिएको छ।