वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीबाट बाहिरिए लगत्तै भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जादै गरेको एक पिकअप भ्यानबाट बुधबार ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
एकीकृत सुरक्षा जाँच चौकीको मूल प्रवेशद्वारमा खटिएका भारतीय सुरक्षा फौज एसएसबीका जवानले ना ४ च ८९७८ नम्बरको पिकअप भ्यानबाट २५ वटा कार्टुनमा राखिएको ३ सय ७५ किलो गाँजा बरामद गरेको हो ।