३१ जेठ बीरगञ्ज (पर्सा ) - बीरगञ्जमा आज मधेश प्रदेश सरकारका गृह ,सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड मधेश प्रदेश,जनकपुरधामको आयोजनामा चलचित्र सम्बन्धी पूर्वाधारहरुको विकास सम्बन्धमा गोष्ठी तथा चलचित्रकर्मीहरको तथ्यांक संकलन कार्यक्रम ॐ होटल एण्ड पार्टि प्यालेसमा सुसम्पन्न भएको छ।
उक्त कार्यक्रमका अध्यक्ष तथा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका सदस्य लगायत ( हास्य कलाकार,लेखक,निर्देशक) बि . एन पटेल ज्यूले आफ्नो मन्तव्यमा " मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक समावेशिता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड निर्माण भएकाे र मधेसका कलाकारहरूले मधेश बाहिर भोगिरहेका पीडाहरूबारे चर्चा गर्नुभयो।
"नेपाली कला क्षेत्रमा मैथिली अनि भोजपुरी भाषामा बलियो पकड भएका मधेसका कलाकारहरु हुँदाहुँदै पनि नेपाली चलचित्रका निर्देशकले महत्त्व नदिँदा मधेस का कलाकारहरूले राम्रो अवसरहरू गुमाइरहेका यस कार्यक्रमका प्रमुख अतिथि तथा (शिवम आर .फिल्म्सका निर्माता) शिवप्रसाद पटेल ज्यूले टिप्पणी गर्नुभयो।