पर्सा-वीरगंज महानगरपालिका छपकैया टोल वडा नं.२ मा अब्दुल कौशर आलमले आफ्नो घर अगाडी द्दार/जग्गामा पार्किङ् गरी राखेको ना.६ प.५४७५ नम्वरको सुपर स्पलेण्डर मोटरसाईकल बिहान ८:३० बजे चोरी भएको थियो । चोरी भएको मोटरसाईकल खोजतलास गर्देै जाँदा मिति २०८१।०१।२८ गते ०९;०० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ स्थित सडकमा वडा प्रहरी कार्यालय विर्ता बाट खटिएको प्रहरी टोलीले सो चोरीको ना.६ प.५४७५ नं.को सुपर स्पलेण्डर मो.सा.ऐ.वडा नं.२ छपकैया टोल बस्ने शेख सगिरको छोरा अं.वर्ष २० को शेख गुफरानले चलाई ऐ.ऐ.वस्ने शेक गफुरको छोरा अं.वर्ष २३ को शेख असरफ पछाडी वसी विचमा नेपालबाट चोरी गरेका निम्न सामानहरु राखी भारत तर्फ बिक्री गर्न जादै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि तालुक जि.प्र.का.पर्सा पठाईएको छ ।
चोरी गरेका निम्न सामानहरु:-
१. ना.६ प.५४७५ नं.को सुपर स्पलेण्डर मो.सा. ।
२. ई-रिक्साको चार्जर थान - १ ।
३. ई-रिक्साको चार्जरमा लाग्ने क्वायलको रोल थान २ थान ।
४. टावर लाईटको ब्याट्री राख्ने फलाम बक्स थान १ ।
५. ई-रिक्सा चार्जरको ब्याट्रीको खोल थान १० ।