चैत्र-२८
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वार्ड नं.:-७ को तिन्टोलिया टोलको कब्रहगाह जाने बाटोको गहुँ बालीमा आज दिउँसो आगलागी भएको छ। आगलागीबाट केही बिगहा गहुँ बाली मा पूर्ण रूपमा क्षति भएको छ । उक्त आगोको बेलैमा ठूलो मात्रामा आम जन्ता,पोखरीया नगरपालिकाको वरुण यन्त्र, वीरगंज महानगरपालिकाको वरुण यन्त्र र सखुवा प्रसौनी गाउँपालिकाको वरुण यन्त्र को सहयोगमा आगो लाइ नियन्त्रणमा लिइ ठूलो क्षतिबाट जोगिएको छ ।