२३ भदौ बीरगञ्ज -सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमान्ड तथा नेपाल प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलिले भन्सार छली गरि बीरगञ्ज भित्र्याइएका काजु सहितको टेम्पु नियन्त्रणमा लिएको छ ।
वीरगंज म.न.पा.-१० स्थित आदर्शनगरबाट घण्टाघरतर्फ जादै गरेको ना. २ ह ५९६ नम्बरको टेम्पुलाई रोकि चेकजाँच गर्दा उक्त टेम्पुमा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याईएको रु. ६,४५,६००।- बराबरको २७ डिब्बा काजु र ६ बोरा मरिच भेटिएको हो । टेम्पुको मुल्याङ्कन रु. ३,००,०००।- गरी सामान र टेम्पु सहितको मुल्याङ्कन जम्मा मुल्य रु. ९,४५,६००।- रहेको डिएसपी सुरज रिजालले जानकारी दिएका छन्।
बारा जिल्ला बिश्रामपुर गाँउपालिका -२ बरैनिया बस्ने अन्दाजी बर्ष २५ को टेम्पु चालक समेतलाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।