सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको आयोजना र बिरगंज महानगरपालिका पर्सा तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति भरतपुर चितवनको सहयोगमा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१० स्थित आदर्शनगर पानिटयांङ्की र घण्टाघर देखि पावरहाउस चौक सम्मको खालि स्थानमा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षारोपन कार्यक्रमका प्रमुख अतिथि बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा र ग्रिनसिटी सामुदायीक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा र बिभिन संघ संस्था , बुद्धिजीवी स्थानिय निकाईहरुको उपस्तिथी रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा म्यागो स्टिक विरुवा १०० थान सिङगापुरी ५० थान रातको रानी ७५ थान र गुलाबको फुल २५ थान गरि जम्मा २५० थान बिरुवा वृक्षरोपण गरिएको थियो । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्सा प्र.जि.अ. हिरालाल रेग्मी, वीरगंज महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृतलक्ष्मी प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय पर्सा प्र.उ. कोमल शाह, सशस्त्र प्रहरी बल. १३ नं. गण बिरगंज पर्साका स.प्र.उ. सुमन थपलिया, भारतका महाबाणिज्य दुताबास बीरगंजका काउन्सेलर नितेश कुमार लगायत विभिन्न निकायका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो ।