आज बिहान रामेछाप जिल्ला खाडादेवी गा.पा.८ भदौरेमा पिङ्खुरी बाट काठमाडौ जाँदै गरेको सुमो पल्टिदा ३ जना घाइते भएका छन्। त्यसमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।सुमो अन्दाजी १०० मि. तल खसेको र उक्त सुमोमा खाडादेबी गा.पा-९ बेथान निबासी दिपेन्द्र भण्डारी र उनका दुई छोरी रहेका थिए। दिपेन्द्र भण्डारी भने गम्भीर घाइते भएका छन , घाइतेहरुको उद्दार भै उपचारको लागि काठमाडौ लगिएको छ ।