८ अप्रिल २०२४  सोमबार को दिन  ५० वर्षकै सबैभन्दा लामो पूर्ण सूर्य ग्रहण लाग्दैछ।

खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ ।यसपालिको पूर्ण सूर्यग्रहण ५० वर्ष पछिको सबैभन्दा लामो ७ मिनेटसम्म लाग्ने पूर्ण सूर्य ग्रहण रहेको छ । प्राकृतिकको यस्तो अद्भुत दृश्य हेर्नका लागि बैज्ञानिकहरुले बिभिन्न टेक्नोलोजीको सहायताले दिउँसै अन्ध्यारो पार्ने ग्रहणको उत्सुकता सहित प्रतिक्षा गरिरहेका छन्।

यो पूर्ण सूर्य ग्रहण संयुक्त राष्ट्रिय अमेरिका साथै उत्तरी युरोप र अस्ट्रेलियाको केही ठाउँहरूमा समेत  देखिन्छ ।ग्रहणको कारण अमेरिकाको  विद्यालय तथा कार्यालयहरू बन्द गराइएको छ ।

८ अप्रिल को लाग्ने पूर्ण सूर्यग्रहण राति ८ बजेर १२ मिनेटमा सुरु हुनेछ भने ९ अप्रिल को मध्यराति २ बजेर २० मिनेटमा समाप्त हुनेछ।

कुनै पनि ग्रहण लाग्दा ग्रहण लाग्नुको केही घण्टा अगाडि नै सुतककाल सुरु भइसकेको हुन्छ।सूर्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडि सुतककाल सुरु भएको हुन्छ भने चन्द्र ग्रहण लाग्दा पाँच घण्टा अगाडि सुतकाल सुरु भएको हुन्छ।हिन्दू धर्मा मा सुतकाललाई अशुभ मान्ने गरिन्छ । सुतककाल सुरु हुने लगत्तै  पूजापाठ धार्मिक अनुष्ठान र कुनै पनि शुभकामना गरिँदैन तथा मन्दिरको ढोकासमेत बन्द गरिन्छ । 

 सोमबारको दिन पर्ने अमावस्यलाई हिन्दू धर्ममा सोमबत्ती आमावस्य पनि भनिन्छ। सोमवती आमावस्यको दिन नदीमा स्नान गरी पूजापाठ धार्मिक अनुष्ठान र दान दक्षिणा दिइने मान्यता रहेको छ ।

 वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुर काठमाडौंका वेधशाला व्यवस्थापक एवम् सूचना अधिकारी सरोजराज शाहीले सूर्यग्रहणको असर नेपालमा नपर्ने र नेपालबाट नदेखिने बताए । ८ अप्रिल को लाग्ने पूर्ण सूर्य ग्रहण रातिमा लाग्नेछ र यो पूर्ण सूर्यग्रहण नेपालमा नदेखिनु भएकाले यसको सूतक मान्य हुने छैन। त्यसकारण सोमवती आमावस्यको दिन गरिने स्नान पूजापाठ अनुष्ठान तथा दान दक्षिणामा केही असर पार्ने छैन।